दोस्रो सन्तान जन्माउँदै हुनुहुन्छ ? पहिलो सन्तानलाई सिकाउनैपर्छ यी कुरा !

काठमाडौं – पहिलो सन्तान अवश्य पनि आमाबाबुका लागि अत्यन्तै प्रिय हुन्छन् त्यसैले उनीहरु लाडप्यारमा हुर्किन्छन् । घरका सबै सदस्यको माया उनीहरुमाथि नै पोखिएको हुन्छ । तर, त्यही ठाउँमा आफूले पाउँदै गरेको माया आफ्ना भाइबहिनीसँग बाँड्नु पर्दा उनीहरुभित्र नकारात्मक भावनाको विकास हुन्छ । कतिपय अवस्थामा त आफ्नो भागको माया साना भाइबहिनीले खोसिरहेको पनि अनुभव गर्छन् उनीहरु र, अन्जानमै भाइबहिनीलाई घृणा गर्न पुग्छन् । त्यसैले, यदि कोही अभिभावक दोस्रो सन्तानको तयारीमा हुनुहुन्छ भने आफ्नो पहिलो सन्तानलाई निम्न कुराहरु अगाडि नै सिकाउन जरुरी छ:

बाँड्दा माया बढ्छ
दोस्रो सन्तान जन्मनुअघि पहिलो सन्तानले परिवारमा सबैको ध्यान पाइरहेका हुन्थे । त्यसैले उनीहरुलाई आफूभन्दा सानासँग कसरी साझेदारी गर्नुपर्छ । हरेक कुरा बाँडेर मात्र खानुपर्छ वा प्रयोग गर्नुपर्छ भन्ने कुरा सिकाउनुपर्दछ ।

दयालु र धैर्य हुन सिकाउने  :
साना नानीहरु बोल्न सक्दैनन् र धेरै रुन्छन् । यस्तो अवस्थामा जेठो सन्तानले झर्को मान्ने हुनसक्छ । उनीहरुलाई धैर्य हुन सिकाउनुपर्दछ ।

परिवारमा नयाँ सदस्यलाई सधैं स्वागत गनुपर्छ :
दोस्रो सन्तान जन्मिएपछि पहिलोले आफूभन्दा बढी माया उसले पाएको अनुभव गर्नु स्वभाविक हो । तर, उसलाई यो सिकाउनुपर्छ कि जति ठूलो परिवार भयो उति नै रमाइलो हुन्छ र उसको भूमिका झन् महत्वपूर्ण हुँदै जान्छ ।

कसैलाई गर्ने माया कम नगरी अरुलाई माया गर्न सकिन्छ : 
जेठो सन्तानलाई उसको ठाउँ सानोले नखोसेको र दुवैजना आआफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण भएको आभास दिलाउनुपर्दछ । सानोलाई माया गर्नुको मतलब ठूलो सन्तानलाई कम माया गर्नु होइन भन्ने बुझाउनुपर्दछ ।

आत्मनिर्भर हुन सिकाउने : 
जेठो सन्तानको भूमिका महत्वपूर्ण हुँदै जान्छ भनेर बुझाउनुपर्छ । आफूसँग सम्बन्धित ससाना कामहरु गर्न सिकायो भने उनीहरुले आफू बुद्धिमान भएको, आफूलाई अभिभावकले जिम्मेवार ठानेको अनुभव गर्छन् र खुसी हुन्छन् ।

आफ्नो भावनाहरु खुलस्त राख्न सिकाउने  :
कतिपय अवस्थामा सानो बच्चाको ख्याल राख्दाराख्दै ठूलो सन्तानको हालखबर सोध्न, उसको दिनचर्या कसरी बितिरहेको छ भन्ने कुराको ध्यान राख्न असमथ्र्य हुन्छन् अभिभावक । त्यसैले, उनीहरुलाई आफूलाई परेको समस्या वा आफ्ना भावनाहरु स्पष्टसँग राख्न सिकाउनुपर्छ । यसो हुँदा अभिभावकले सोध्न नभ्याएपनि उनीहरुले आफै आफ्नो समस्या राख्नसक्छन् ।

खेल्न सिकाउने : 
बच्चाहरुको दिनचर्याको एकदमै महत्वपूर्ण पाटो हो खेल । त्यसअघि उनीहरु एक्लै आफ्नो मनखुसीले खेल्थे भने भाइबहिनी जन्मिएपछि उनीहरुले खेलौनाहरु शेयर गरेर खेल्नुपर्ने हुन्छ । त्यसैले उनीहरुलाई शुरुदेखि नै खेलको नियम पालना गरेर, समूहमा खेल्न सिकाउनुपर्दछ ।

माया गर्न र हेरचाह गर्न सिकाउने :उनीहरुलाई आफूभन्दा सानोप्रति कसरी माया गर्ने भनेर सिकाउनुपर्छ । माया गरेन भने आफूभन्दा सानो मान्छे रुन्छ । उसलाई दुख्छ । त्यसैले माया गर्नुपर्छ भनेर सिकाउन सक्नुहुन्छ । अग्लो भिरालो ठाउँमा जिस्कनुहुन्न । कोपार्न, चिथार्दा दुख्छ भनेर सम्म सिकाउनुपर्छ । किनभने उनीहरु इो सबै कुराबाट बेखबर हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?