सडक विवादपछि डोकलाममा चीनको यस्तो योजना, भारतलाई चुनौती !

एजेन्सी, ४ माघ । चीनले डोकलाम क्षेत्रको उत्तरी भागमा ७ वटा हेलिप्याड बनाइसकेको बताइएको छ ।इकोनोमिक टाइम्समा छापिएको समाचार अनुसार स्याटेलाइट तस्बिरको हवालाबाट जारी रिपोर्टमा ७ वटा हेरिप्याट निर्माण भइसकेको छ हतियारबाट लैस सवारी समेत चीनले यस क्षेत्रमा तैनाथ गरिसकेको छ । सेनाको उपस्थिति रहेको स्थान नजिकै भारी मात्रामा सडक बनाउने सामग्री समेत राखिएको छ यो तस्बिर यही जनवरीको भएको बताइएको छ । गत वर्षको जुन १६ मा डोकलाममा सडक बनाएको विषयमा भारत र चीनबीच सुरु भएको विवाद ७३ दिनसम्म चलेको थियो स्याटेलाइट तस्बिरअनुसार डोकलामका केही इलाकामा चिनियाँ ट्यांक समेत रहेका छन् । सो स्थानमा सतहदेखि हवाई क्षेत्रसम्म मार हान्न सक्ने मिसाइल, सैन्य सवारी, तोपसहित सैन्य उपकरणसमेत रहेका छन् केही स्थानमा ठूलो संख्यामा हतियार तैनाथ गरेको देखिएको छ । भुटान र चीनबीचको विवादास्पद क्षेत्र डोकलाममा चीनले सडक निर्माण गर्दा गत वर्ष भारतले अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?