कांग्रेस केन्द्रीय समितिको म्याद एक वर्ष थप्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको विधानअनुसार प्रत्येक चार वर्षमा पार्टीको महाधिवेशन गर्नुपर्छ । तर, १३औं महाधिवेशन सकिएको चार वर्ष पुग्नै लाग्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको म्याद एक वर्ष थप गर्ने तयारी गरेका छन् ।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले १४औं महाधिवेशन एक वर्ष धकेल्ने गरी तयारी अघि बढाएका हुन् । उनले पार्टीमा रिक्त रहेका विभाग, कार्यसम्पादन समितिसहित नेतृत्वविहीन अवस्थामा रहेका भ्रातृसंगठनलाई पहिले पूर्णता दिने र २०७७ फागुनमा १४औं महाधिवेशन गर्ने गरी तयारी अघि बढाएका हुन् । देउवा निकट केन्द्रीय सदस्य मीन विश्वकर्माले आउने फागुनमा महाधिवेशन गर्न सकिने अवस्था नरहेकाले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सकेर २०७७ फागुनमा १४औं महाधिवेशन हुने बताए ।राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?