दिपिका आफ्नै अनुहार देखेर किन तर्सिइन् ?

मुम्बई । अभिनेत्री दीपिका पादुकोणले फिल्म छपाकमा आफ्नो अनुहार हेरेर आफैं तर्सिएको बताएकी छन् । सुटिङको क्रममा एसिडले जलेको स्वरूपको आफ्नो तस्बिर हेरेर बाँकी कलाकार र प्राविधिक पनि तर्सिएको अनुभव उनले सुनाएकी छन् ।

यो फिल्मको मंगलबार ट्रेलर रिलिज गरिएको छ । फिल्ममा एसिडले मुहार र शरीरको केही अंग जलेर कुरूप भएकी एक युवतीको भूमिका अभिनेत्री दीपिकाले निर्वाह गरेकी छन् । मेघना गुलजारले निर्देशन गरेको यो फिल्म वास्तविक कथामा आधारित रहेको बताइएको छ । भारतकी लक्ष्मी अग्रवालले एसिड पीडित भएपछि न्यायका लागि लामो समयसम्म संघर्ष गर्नुपरेको थियो । उनको संघर्षको कथा पढेपछि निर्देशक मेघनालाई त्यो कथालाई फिल्ममा ढाल्ने निधो गरेकी थिइन् । फिल्म छपाकमा लक्ष्मीको भूमिका दीपिकाले निर्वाह गरेकी छन् ।

एसिड पीडित एक युवतीले न्याय पाउनका लागि सबै तहका अदालतमा वर्षांै धाउनुपरेको र अन्त्यमा आफूजस्तै अरू एसिड पीडित युवतीहरूको लागि उनले संघर्ष गर्नुपरेको कथा फिल्मको ट्रेलरमार्फत प्रस्तुत गरिएको छ । यसको ट्रेलरलाई अहिले सामाजिक सञ्जालमा व्यापक सेयर गरिएको छ ।

फिल्मको टिजर निकै डरलाग्दो छ । फिल्ममा एसिडले जलेको अभिनेत्री दीपिकाको महुर हेर्दा जो कोही पनि तर्सन्छन् । आफूलाई यस रूपमा ढाल्न मेकअप आर्टिस्टले घन्टौं मेकअप गर्नुपरेको अनुभव अभिनेत्री दीपिकाले सुनाएकी छन् ।

ट्रेलरअनुसार सुरुमा जल्दाको उनको मुहारको स्वरूप जति भयानक र देखाइएको छ । पछि घाउ ठीकै हुँदै गएपछि मुहारको स्वरूपको भयानक पक्ष केही कम हुँदै गएको छ । फिल्ममा दीपिकालाई न्यायको लागि अभिनेता विक्रान्त मेसीले साथ दिएको ट्रेलरमा देखाइएको छ । यो फिल्मलाई एक महिनापछि रिलिज गरिँदै छ ।राजधानीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?