साग विजेतालाई पूर्वराजा ज्ञानेन्द्रको सन्देश

काठमाडौँ । नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले हार्दिक शूभकामना व्यक्त गरेका छन् ।
यसपालीको १३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परीणामले आफूलाई अत्यन्त खूशी लागेको शाहले मंगलबार जारी गरेको सन्देशमार्फत जनाएका छन् ।

‘यो उपलव्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिन चाहन्छु, आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलव्धि हासिल भई रहोस् भन्ने मेरो कामना रहेको छ,’ शाहले सन्देशमा भनेका छन् ।

साथै साग प्रतियोगिता सफलतापुर्वक सम्मन्न गरेकोमा आयोजक एवं व्यवस्थापक पनि शाहले धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?