उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिँदै

काठमाडौँ —नेकपाको निर्देशनपछि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिने भएकी छन् ।
सभामुख र उपसभामुख एउटै पार्टीको हुन नहुने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । उनी नेकपाबाट उपसभामुख बनेकी थिइन् ।

नेकपाले तुम्बाहाङ्फेलाई उपसभामुखमा कायमै राखे सभामुख पदमा उम्मेदवारी दिन नपाउने बाध्यता रहेकाले उनलाई राजीनामा गराउन लागिएको हो । यसबारे शिवमायाले पनि राजीनामाबारे छलफल भइरहेको भनदै छिट्टै निकास दिने बताइन् ।
सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी पुस ४ गते संसद अधिवेशन बोलाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?