काठमाडौं । अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले घर तथा कार्यालयमै बोलाउन मिल्नेगरी ट्याक्सी सेवा सुरु गरेको छ ।
कम्पनीले मोबाइल एपको माध्यमबाट ट्याक्सी आफ्नो घर तथा कार्यालयमै बोलाउन मिल्नेगरी अब यात्रुले सेवा औपचारिक रुपमा सेवा सुरु गरेको हो ।
कम्पनीका अनुसार ग्राहकले आफ्नो मोबाइलमा ‘यात्रु’ नामक एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । एपसँगै फोन र एसएमएसको माध्यमबाट उक्त सेवा लिन सक्ने व्यवसस्था मिलाइएको कम्पनीले जनाएको छ ।
ग्राहकले फोन मार्फत ट्याक्सी अर्डर गर्दा १६६००१७००७० डायल गर्नुपर्छ भने र एसएमएस गर्दा ३७००१ मा पठाएर ट्याक्सी अर्डर गर्न सक्नेछन् ।
ग्राहकले मोबाइल एपको माध्यमबाट ट्याक्सी अर्डर गर्छन् । अर्डर गरेपछि कम्पनीले सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ । यसरी कम्पनीले ट्याक्सी अर्डर गरेको स्थान र गन्तव्य सम्बन्धी जानकारी लिन्छ । त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ ।
ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर यात्रुको ट्याक्सीले अर्डर स्वीकृत गर्छ । ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया