राजनीतिक आडमा भ्रष्टाचार गर्नेको रुवाबासी, फाइल खोल्दै अख्तियार

राजनीतिक आडमा हुने भ्रष्टाचार बढेको गुनासो आइरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारको अनुसन्धान गर्ने भएको छ ।

करिब दुई दर्जन नेताको अकूत सम्पत्तिको फाइल अख्तियारको तामेलीमा राखिरहेको अवस्थामा सोमबार भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अब राजनीतिक लगायत जुनसुकै ओहदामा भएको व्यक्रिको विषयमा पनि सशक्त छानबिन गर्ने बताएको खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?