भोलि फुटबल फाइनल हेर्न जाँदै हुनुहुन्छ ? ट्राफिक प्रहरीले गर्यो यस्तो अनुरोध

काठमाडौँ । १३औँ दक्षिण एशियाली खेलकूद (साग) को समापन समारोह तथा फुटबल फाईनल मंगलबार हुँदैछ ।
सोही समारोह तथा खेलमा सहभागी हुन टिकट काटेका सम्पूर्ण दर्शकलाई दशरथ रंगशालाको मूलगेट प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले शहिद गेट नजिकैको नेपाल आर्मी अफिसर्स क्लबको मूलगेटबाट मात्र प्रवेश गरिदिन तथा आफ्नो सवारी साधनलाई काठमाडौँ मल अगाडीको टुँडिखेलमा मात्र पार्किङ्ग गरिदिन हार्दिक अनुरोध गरिएको समेत गरेको छ ।
यसैबीच बुधबार जोर नम्बरका यातायातका साधनमात्रै चल्नेछ । यस्तै टिकटका लागि इसेवाबाट व्यवस्था मिलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?