साग भव्यतापूर्वक सम्पन्न भएको खुसीयालीमा प्रमले विशेष सम्बोधन गर्ने, खेलाडीलाई पुरस्कार घोषणा

काठमाडौँ । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्रि केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने भएको छ ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसक्नु भएका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्नुहुने बताउनु भएको हो । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्नुहुने सदस्य सचिव शिलवालले जानकारी दिनु भयो ।
यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने पनि सदस्य सचिव शिलवालले बताउनु भयो । समापन कार्यक्रम अघि नेपाल र भुटान बीच पुरुष फुटबल प्रतियोगिता हुने छ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिण तर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ । समापन कार्यक्रम अन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापन सँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ भने साथै समापन कार्यक्रम १ घन्टाको हुने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?