काठमाडौं । मङ्सिर १५ गतेदेखि नेपालमा सुरु भएको खेल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) आज (मंगलबार) सकिंदैछ ।
यातायातलाई व्यवस्थित बनाउनको लागि महानगरिय ट्राफिक महासाखाले सागको अन्तिम दिन अर्थात् आज सवारीसाधनमा जोर विजोर प्रणाली लागु गरेको छ ।
आज चक्रपथभित्र जोर नम्बर प्लेट भएका सवारी साधन मात्र चल्न पाउने भएका छन्।
त्यस्तै, ठूला मालवाहक सवारी साधन पनि रिङरोड प्रवेश नगराउन महानगरिय ट्राफिक प्रहरी महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार सागको डेलिगेसन कार्ड भएकाहरुका लागि भने यो व्यवस्था लागू हुने छैन।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले सोमबार एक सुचना जारी गर्दै सवारीसाधन जामलाई न्युनिकरण गर्न जोरबिजोरप्रणाली लागु गर्न लगिएको जानकारी दिएको थियो ।
सागको पहिलो दिन बिजोर नम्बर प्लेटएका सवारीसाधन मात्र चलेका थिए भने र आज अन्तिम दिन जोर नंवर प्लेट भएका सवारीसाधन चल्ने भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया