एयरपोर्टको गेष्ट हाउस लगेर ३ बालिकामाथि यौन दुर्व्यवहार, रंगेहात पक्रिए अमेरिकी नागरिक

काठमाडौँ । तीन बालिकालाई आर्थिक प्रलोभन देखाइ यौन दुर्व्यवहार गरेको अभियोगमा एक अमेरिकी नागरिकलाई पक्राउ परेका छन्।
४० वर्षीय अमेरिकी नागरिक जेसन लोयड मुडीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले बालिकालाई आर्थिक प्रलोभन देखाउँदै एयरपोर्टस्थित मेमोरियल गेष्ट हाउसको कोठा नम्बर १०४ मा लगेर यौन दुर्व्यवहार गरेको आरोप छ ।

बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने सूचनाको आधारमा पुगेको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आइतबार नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको हो ।
उनीमाथि जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताउँदै प्रहरीले आरोपी बालयौन दूराचारमा समेत संलग्न रहेकाले खुल्न आएको बताएको छ ।
प्रहरीले उनीबाट अन्य कोही पिडित भएको जानकारी भएमा उजुरी दिन समेत आह्वान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?