बोक्साको आरोपमा कुटिए वडाध्यक्ष

काठमाडौं । चितवनमा बोक्साको आरोपमा वडाध्यक्ष कुटिएका छन् । बोक्साको आरोपमा इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजामाथि स्थानीयबासीले कुटपिट गरि कालोमोसो मोसो दलेर मानव मलमुत्र खुवाउने प्रयाससमेत गरेका छन् ।

वडाध्यक्ष प्रजामाथि शनिबार साँझ स्थानीयबासीको एक समूहले कुटपिट गर्दै जुत्ताको माला समेत लगाइदिएका हुन् ।

भएको के थियो ?

जोखालाल चेपाङको घरमा भएको वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालाबन्दीपछि वडाको सामान सामुदायिक भवनमा सार्ने क्रममा विवाद भएको थियो । त्यही क्रममा उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् ।

उनीहरुले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका हुन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?