फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै कान्छी प्रधानमन्त्री, को हुन् मरिन ?

काठमाडौं – फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री बन्ने भएकी छिन् । फिनल्याण्डका पूर्व प्रधानमन्त्री आन्ती रिन्नेले राजीनामा दिएपछि उनी देशको राजनीतिक इतिहासमा सबैभन्दा युवा प्रधानमन्त्री बन्ने पक्कापक्की भएको हो ।

उनले युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चेरुकलाई पनि पछाडि पारेकी छिन् । होन्चेरुक ३५ वर्षमा प्रधानमन्त्री बनेका थिए ।

यसअघि पहिवहन र सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी उनले यही हप्ता पदभार ग्रहण गर्ने बताइएको छ । अझ अर्को प्रशंसायोग्य कुरा त के छ भने मरिनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा ५ दल सहभागी हुनेछन्, सबै दलको नेतृत्व महिलाहरुले गर्नेछन् ।

को हुन् मरिन ? 
जन्म : सन् १९८५ नोभेम्बर १६ मा फिनल्याण्डमा
सन् २०१२ मा उनले प्रशासनिक विज्ञानमा टेम्पियर विश्वविद्यालयबाट स्नातक तहमा डिग्री
सन् २०१५ मा संसद सदस्यको रुपमा निर्वाचित
सन् २०१७ मा उनी सिटी काउन्सिलमा
सन् २०१९ मा नै सरकारमा सहभागी
निवर्तमान प्रधानमन्त्री रिन्नेको कार्यकालमा परिवहन तथा सञ्चार मन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न ।

‘विश्वास पाउनका लागि हाम्रा सामु प्रशस्त काम छन्,’ मरिनले पत्रकारहरुसँग प्रतिक्रिया दिएको अन्तर्राष्टिय सञ्चार माध्यमले लेखेका छन् । फिनल्याण्ड त्यहि देश हो, जुन विश्वको लागि उदाहरणीय छ । एक अनुसन्धानका अनुसार विश्वको सबैभन्दा खुसी नागरिक त्यहाँकै हुन् । र त्यो देशमा सडकमा तोकिएको गति सीमीतता उल्लंघन गरेमा निकै महँगो जरिवाना तिर्नुपर्छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उमेर ६७ वर्ष हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?