हाडनाता करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला अदालत धादिङको २०५४ वैशाख ३१ गतेको फैसलाले हाडनाता करणी मुद्दामा १० महिना कैद र १ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी निलकण्ठ नगरपालिका-५ देउरालीछाप बस्ने ५३ वर्षीय अम्बर बहादुर राना मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

मगरलाई जिल्ला अदालत धादिङ पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?