उत्तर–दक्षिण कोरियाबीच झण्डा बोक्ने ऐतिहासिक समझदारी

सोल, ३ माघ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आगामी फेब्रुअरीमा हुने विन्टर ओलम्पिकमा दुवै देशले एउटै ‘एकीकृत कोरिया’ को झण्डा बोकेर मार्चपास गर्ने समझदारी बनेको छ दोस्रो विश्वयुद्धपछि विभाजित भई दुश्मनीपूर्ण सम्बन्ध रहेका दुई कोरियाबीच भएको यो सहमतिलाई ऐतिहासिक सहमतिका रुपमा हेरिएको छ । दक्षिण कोरियाको पानमुनजोम गाउँमा भएको दुर्लभ वार्तापछि दुई कोरियाबीच महिला आइसहकीको संयुक्त टोली मैदानमा उतार्ने समेत सहमति बनेको छ यो पछिल्ला दुई वर्षमा दुई कोरियाबीच भएको पहिलो उच्चस्तरीय वार्ता समेत हो । सन् २०१५ को डिसेम्बरमा भएको उच्चस्तरीय वार्तापछि भएको यो पहिलो उच्चस्तरीय वार्ता हो । विन्टर ओलम्पिक यही फेब्रुअरी ९ देखि २७ सम्म दक्षिण कोरियाको प्योङचाङमा हुँदैछ यो समाचार बाहिर आएलगत्तै दक्षिण कोरियाको महिला आइसहकी टिमका प्रशिक्षक र रुढीवादी समाचारपत्रले भने यो सहमतिबाट दक्षिण कोरियाली महिला हकी टोलीले पदक जित्ने सम्भावना कमजोर हुने चिन्ता व्यक्त गरेका छन् । जापानले समेत पछिल्लो घटनाक्रमबारे प्रतिक्रिया दिँदै प्योङयाङको पछिल्लो ‘आक्रामक आकर्षण’ बाट अन्धो हुन आवश्यक नरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?