२२ मंसिर २०७६, आईतवार १२:१६

तेलङ्गना इन्काउन्टर : मारिएका बलात्कारीको शव सुरक्षित राख्नू भन्दै अदालतले दियो यस्तो आदेश


प्रकाशित मिति : २२ मंसिर २०७६, आईतवार १२:१६

काठमाडौं । भारको तेलङ्गनामा प्रहरी इन्काउन्टरमा मारिएका चारजना संदिग्ध बलात्कारी शव सुरक्षित राख्न अदालतले आदेश दिएको छ ।

तेलङ्गना उच्च अदालतले मारिएका सबैको शव सोमबार राती आठ बजेसम्म सुरक्षित राख्न आदेश दिएको हो। इन्काउन्टरमा मारिएका ४ जनाले २७ बर्षीय एकजना पशु–चिकित्सक युवतीलाई बलात्कार गरी जलाएर मारेका आरोप छ ।

सो अपराधमा संलग्न चारै जनालाई प्रहरीले समातेर गोली हानी मारिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुलाई शुक्रबार बिहानै प्रहरीले इन्काउन्टरमा मारेको थियो । संदिग्धहरुको हत्यापछि भारतभर यो घटनाको पक्ष र विपक्षमा बहसहरु भईरहेका छन्।

महिला र मानवअधिकारका क्षेत्रमा काम गर्ने भनिएका संस्थाहरुले यस मामिलालाई लिएर अदालतमा याचिका दायर गरेका छन्। सो याचिकामाथि अदालतले भोली सुनुवाई गर्दैछ। ऐजेन्सी

प्रतिक्रिया दिनुहोस