नेपालमा दक्षिण एसियाकै पहिलो ‘स्काई वाक टावर’

काठमाडौँको कमलादीमा दक्षिण एसियाकै पहिलो नमुना ‘स्काई वाक टावर’ (आकाशमार्गमा हिँड्ने टावर) निर्माण हुने भएको छ । सो टावर कूल २ अर्ब रुपैयाँमा निर्माण हुन लागेको खबर राजधानी दैनिकमा छापिएको छ ।
आगामी १८ महिनाभित्र सञ्चालनमा आउने गरी निर्माण हुने यस टावर जमिनबाट कुल ७८ मिटर माथिको उचाइमा बन्नेछ ।
बाहिरबाट हेर्दा पुरै सिसैसिसाले बनेको जस्तो देखिने यस आकर्षक टावरमा हाल देखिएको जमिनको सतहबाट ६८ मिटरमाथि पुगेपछि सय जनालाई एकैपटक खाना खुवाउन मिल्ने रेस्टुरेन्ट र सभाहल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?