२९ करोडमा बन्दै प्रधानमन्त्रीनिवास

प्रधानमन्त्रीनिवास २९ करोड रुपैयाँ निर्माण हुने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागको अनुमानित रकमभन्दा २९ प्रतिशत कममा विभागले कोनटेक प्राइभेट कम्पनीसँग निर्माण सम्झौता गरेको हो । विभागले आवास निर्माणका लागि ४० करोड रुपैयाँ लाग्ने अनुमान गरेको थियो । प्रधानमन्त्रीनिवास निर्माणका लागि १७ वटा कम्पनीले आवेदन दिएका थिए । सबैभन्दा कम मूल्य कोनटेकको आवेदन परेको थियो ।

०७२ सालको विनाशकारी भूकम्पले प्रधानमन्त्रीनिवासमा क्षति पुगेको थियो । साथै, प्रधानमन्त्रीनिवासको क्षेत्रफल साँघुरो भएपछि गत वर्षको पुसमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ निवास निर्माण गर्ने निर्णय गरेको थियो । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?