अटो पल्टिदा चितवनमा ५ जनाको ज्यान गयो

चितवन । पूर्वी चितवनमा अटो पल्टिदा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ४ चेपाङ मार्गको भित्री सडक खण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घट्नामा परी मृत्यु हुनेमा ३ महिला र २ पुरुष रहेको जनाईएको छ । मृत्यु हुनेमध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारीका ३५ वर्षीय श्याम प्रसाद तिवारीको मात्रै परिचय खुलेको चितवनका प्रहरी नायव उपरिक्षक एक नारायण कोइरालाले बताए । अन्य ४ जनाको परिचय खुल्न बाँकी रहेको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?