अपेक्षाभन्दा कम स्वर्णमा सकियो तेक्वान्दो

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) तेक्वान्दोमा नेपालले आठौं सागको कीर्तिमान भंग गर्ने योजना बनाएको थियो।

तर अन्तिम दिन बिहीबार चार खेलाडी फाइनलमा पुगे पनि नेपाललाई एक स्वर्ण भूपेन श्रेष्ठले दिलाए।

भूपेनले फाइनलमा भारतका अक्षय होडालाई २९-२७ अंकले हराएका थिए। भूपेनको स्वर्णसँगै सागमा तेक्वान्दोमा नेपालले एक दर्शन स्वर्ण जित्यो।

यसअघि सन् १९९९ मा नेपालमै भएको आठौं सागमा नेपाली तेक्वान्दोले १४ स्वर्ण जितेको थियो। १३औं सागमा तेक्वान्दोमा २९ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?