प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज, केहि दिन घरमै आराम गर्ने

काठमाडौं  – गत मंसिर ९ गतेदेखि उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट आज डिस्चार्ज हुनुभएको छ । उहाँ मंसिर १० गते एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि अस्पतालमा चिकित्सकको निगरानीमा हुनुहुन्थ्यो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई ३ बजे डिस्चार्ज गर्ने तयारी भएको भएपनि केहि ढिलाई गरेर डिस्चार्ज गरिएको हो ।

“सम्माननीय प्रधानमन्त्रीज्यू अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेर आजै दिउँसो ३ बजे अस्तालबाट डिस्चार्ज हुनुहुने सुखद समाचार सबैको जानकारी लागि अनुरोध गर्दछु,” थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो ।

 

यसैबीच प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुग्नुभएको थियो । उहाँलाई अस्पतालले आज डिस्चार्ज गरेतापनि केहि दिन घरमै आराम गर्ने बुझिएको छ ।

दुई दिनअधि प्रधानमन्त्री ओलीले अस्पतालबाटै आफ्नो शल्यक्रिया सफल भएको भिडियो सन्देशमार्फत जानकारी गराउनुभएको थियो । तर, उहाँको मिर्गौलाले काम नगरिरहेकाले नियमित डायलासिस भने गरिने निकट स्रोतले लोकपथलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?