काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा आज बिहिबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ ।
बिहिबार आर्चरी, एथ्लेटिक्स, बास्केटबल, ब्याडमिन्टन, क्रिकेट, फुटबल, गल्फ, ह्यान्डबल, कबड्डी, पौडी, सुटिङ, टेबलटेनिस, तेक्वान्दो, टेनिस, बिचभलिबल, भारोत्तोलन र उसुको प्रतिस्पर्धा हुनेछ ।
कूल २९ स्वर्ण रहेको तेक्वान्दोमा आज अन्तिम ६ स्वर्णको निर्णय हुन लागेको छ ।
पोखरामा ब्याडमिन्टन, महिला क्रिकेट, महिला फुटबल, भारोत्तोलन, बिच भलिबल, आर्चरी र ह्यान्डबल खेल हुँदैछ । बाँकी खेल काठमाडौंमा हुनेछ । दशरथ रंगशालामा हुने पुरुष फुटबमा आज भुटान र माल्दिभ्स तथा श्रीलंका र बंगलादेश भिड्दैछन् ।
बुधबारसम्मको नतिजामा भारतले ३२ स्वर्ण जितेको छ भने नेपालले २९ स्वर्णसहित दोस्रो स्थानमा छ। पहिलो र दोश्रो दिन नेपाल अंकतालिकाको शीर्ष स्थानमा रहेको थियो।
भारतले ३२ स्वर्ण २३ राजत र १३ कास्य सहित ६८ पदक सहित अंकतालिकाको शीर्ष स्थान हासिल गरेको छ।
भारतलाई पछ्याउँदै गरेको नेपालले २९ स्वर्ण जितेको छ। नेपालको १५ रजत र २५ कास्य सहित ६९ पदक छ।
तेश्रो स्थानमा रहेको पाकिस्तानले ९ स्वर्ण, १८ रजत र १८ कास्य सहित ४५ पदक हात पारेको छ। श्रीलंकाले ८ स्वर्ण २३ रजत र ३८ कास्य सहित ६९ पदक हात पारेको छ। बंगलादेशले ४ स्वर्ण ७ रजत र २६ कास्य जितेको छ। उसको पदक संख्या ३७ छ।
माल्दिभ्सले १ स्वर्ण र २ कास्य जितेको छ भने भुटानले अहिलेसम्म कुनैपनि स्वर्ण जित्न सकेको छैन। भुटानले ४ कास्य पदक हात पारेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया