सलमान खानको विषयलाई लिएर गरिन युलिया वन्तुरले यस्तो खुलासा

एजेन्सी । बलिउडका सुपर स्टार अभिनेता सलमान खानसँगको प्रेम र विवाहबारे रोमानियाकी सुन्दरी युलिया वन्तुरले नयाँ खुलासा गरेकी छन् अभिनेता सलमान र सुन्दरी युलियाबीच प्रेम सम्बन्ध रहेको र उनीहरुले विवाह गर्ने समाचार सार्वजनिक भइरहँदा युलियाले गरेको यस्तो खुलासाले एक चोटी सञ्चार माध्यमलाई सोच्न बाध्य बनाएको छ युलियाले हालै भनिन्, ‘सलमान र म बिचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरू आइरहेका हुन्छन् । तीमध्ये धेरै कुराहरू असत्य हुन्छन् ।’ उनले सबै अफवाह रोक्न नसकेको कुरा बताएकी छिन् युलियाले समयले सोच्दै नसोचेको कुराहरु पनि गर्न बाध्य बनाउने भन्दै सलमानले आफुलाई बलिउडमा ल्याउन सहयोग गरेको सत्यता सुनाईन् साथै उनी र सलमान बिच प्रवित्र मित्रता मात्र रहेको र परिवारसँग आफ्नो घनिष्टता रहेको पनि बताइन् त्यस्तै, सलमानको जुनसुकै कार्यक्रममा युलीया प्रायः सँगै देखिन्छिन् । हालै सलमानको जन्म दिनमा कट्रिनासँगै युलीयालाई बोलाइएको थियो साथै युलीयाले सलमानसँग आफ्नो बिहे तथा प्रेम प्रसङ्ग कुरा झुठा भएको दाबी गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?