ट्रम्पका पूर्व रणनीतिकार स्टिभ बेननलाई जुरीसमक्ष बयान दिन निर्देशन

वासिंगटन, ३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ण रणनीतिकार स्टिभ बेननलाई राष्ट्रपतीय निर्वाचनमा रुसी हस्तक्षेपबारे बयान दिन निर्देशन दिइएको छ न्यूयोर्क टाइम्सले लेखेको छ, ‘राष्ट्रपति ट्रम्पका पूर्व प्रमुख रणनीतिकार स्टिभ बेननलाई राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारेको अनुसन्धान अन्तर्गत एउटा बृहत् जुरीसमक्ष बयान दिन आदेश दिइएको छ ।’रुसी हस्तक्षेपबारे अनुसन्धानको नेतृत्व गरिरहेका रोबर्ट मुलरका प्रवक्ताले भने स्टिभ बेननलाई बयान दिन दिइएको निर्देशनबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन् बेननलाई बृहत जुरीमा बयान दिएमा मुलरले ट्रम्पका निकटवर्तीबाट जानकारी हासिल गर्न बृहत जुरी प्रयोग गरेको पहिलो घटना हुनेछ गत वर्षको मेमा अमेरिकी न्याय मन्त्रालयले राष्ट्रपतीय चुनावमा भएको भनिएको रूसी हस्तक्षेपबारे अनुसन्धान गर्न मुलरलाई नियुक्त गरिएको थियो । मंगलबार बेनन एउटा संसदीय समितिमा उपस्थित भएका थिए संसदको गुप्तचरसम्बन्धी समितिले पनि सन् २०१६ को राष्ट्रपतीय चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने आरोपमाथि अनुसन्धान गर्दैछ । मंगलबार भएको अनुसन्धानसम्बन्धी प्रक्रिया भने सार्वजनिक गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?