काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले पोखराको निर्वाचनमा सरकारले स्थानीय प्रसासन लगाएर धाँधली गरेको आरोप लगाउनु भएको छ ।
सोमबार सानेपामा कांग्रेस नेता स्व भिमबहादुर तामांगको ७ औं स्मृति सभामा बोल्दै सरकारले धाँधली गरेको आरोप लगाउनु भएको हो । पोखराको निर्वाचनमा स्थानीय प्रशासनले निष्पक्ष काम नगरेको आरोप लगाउदै सभापति देउबाले प्रशासनलाई पोखरामा सरकारले कांग्रेस बिरुद्ध प्रयोग गरेको पनि आरोप लगउनु भयो । कांग्रेसको मत भएको क्षेत्रमा बम पड्काउन लगाएर जनतालाई त्रासमा राखेर निर्वाचनमा धाँधली गरेको सभापति देउबाले बताउनु भयो ।
कार्यक्रममा बोल्दै बरिष्ठ नेता राम चन्द्र पौडेलले जनता सरकार प्रति असन्तुष्ट रहे पनि कांग्रेसलाई रोज्न नसकेको भन्दै समिक्षा हुनु पर्ने बताउनु भयो । निर्वाचनको नतिजाले जनता सरकार सँग असन्तुष्ट भए पनि कांग्रेस भरोसा गर्न योग्य भएन भन्ने संकेत हो नेता पौडेलले भन्नु भयो । कांग्रेसले इतिहास जपेर मात्र नहुने भन्दै जनतालाई भविष्यमा कस्तो नेपाल दिने भनेर सोच्ने बेला आएको बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया