मृतक श्रीमती छाडेर श्रीमान बेपत्ता, यस्तो छ रकम नहुँदाको कारुणिक कथा

काठमाडौँ । उपचारका लागि पैसा नहुँदा उदयपुरको उदयपुरगढी गाउँपालिका ८ की गर्भवती महिलाको ज्यान गएको खबर राजधानी दैनिकमा छापिएको छ ।
आइतबार बिहान प्रसूति बेथा लागेर जिल्ला अस्पताल गाइघाट ल्याइएकी २४ वर्षीया सरिष्मा आचार्यको उपचारका लागि रकम अभावमा मृत्यु भएको हो ।
उनलाई श्रीमान् प्रेम बुढाथोकीले अस्पताल ल्याएका थिए । चिकित्सकले प्रारम्भिक उपचारपछि तत्काल बाहिर लैजान सुझाव दिए तर उनीसँग अन्यत्र लैजान पर्याप्त रकम थिएन । र, उनले रकम अभावमा श्रीमतीलाई अन्यत्र लैजान सकेनन् । आचार्यको समयमै उपचार नभएर ज्यान गएपछि आफन्त बोलाउन जाने बहानामा अस्पतालबाट बाहिरिएका बुढाथोकी फर्केर नआएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?