बेलायतमा लाग्यो ‘गो ब्याक इन्डिया’को नारा

काठमाडौँ । भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको लिपुलेक लगायतका भूमि समेत समेटेको विरोधमा लण्डनस्थित भारतीय दूतावासअगाडि प्रदर्शन भएको छ ।
गैरआवासीय नेपाली संघ (बेलायत) को अगुवाइमा भएको प्रदर्शनमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित नेपालीहरुको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को आह्वान भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले ब्याक अफ इन्डिया, भारतीय हस्तक्षप बन्द गर, ननक्सा खारेज गरलगायतका प्लेडकार्ड बोकेर नारा लगाएका थिए।

प्रदर्शनकारीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतका नेपाली भूभाग नेपालको भएको भन्दै भारतीय हस्तक्षेपको विरोध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?