१६ मंसिर २०७६, सोमबार २२:२४

२६ पर्यटकको मृत्यु


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार २२:२४

ट्युनिसियामा भएको दुर्घटनामा परी मृत्यु हुने पर्यटकको संख्या २६ पुगेको छ ।

देशको उत्तरी क्षेत्रमा आइतबार भएको सो सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या सोमबारसम्म बढेर २६ पुगेको अधिकारीहरुले जनाएका छन् ।

घटनामा परी अरु १७ जना घाइते पनि भएको समाचारमा जनाइएको छ । ट्युनिसियाका आन्तरिक मामिला मन्त्रीले दिएको जानकारी अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

राजधानी ट्युनीसबाट ऐन स्नाउसी क्षेत्रतर्फ जाँदै गरेको गाडी दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । दुर्घटना भएका बेला गाडीमा ४५ यात्रु रहेका थिए ।

प्रारम्भिक विवरणअनुसार बस सडकबाट चिप्लिएर एक खोलामा खसेर दुर्घटना भएको प्रहरीको भनाइ छ ।

देशको हिमाली क्षेत्रमा भएको उक्त घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । घटनाका बारेमा छानविन सुरु भइसकेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

देशका राष्ट्रपति कैस सैद र बाहिरिदै गर्नुभएका प्रधानमन्त्री युसेफ चाहेडले घटनास्थलमै पुगेर घाइते र मृतकका आफन्तप्रति सहानुभूति व्यक्त गर्नुभएको थियो ।

दुर्घटनामा परेका सवै जना ट्युनिसियाका नागरिक भएको जनाइएको छ । खराब अवस्थाको सडकका कारण ट्युनिसियामा धेरै दुर्घटना हुने गरेको छ ।

गत बर्ष सन् २०१८ मा मात्रै सडक दुर्घटनाका कारण ट्युनिसियामा एक हजार १०० नागरिकको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
३४ वर्षे प्रधानमन्त्रीको लोभलाग्दो सफलता, समलिंगी अभिभावकले हुर्काएका मरिनबाट केहि सिक्ने कि !

काठमाडौं – अहिले विश्वभर ३४ वर्षीया सन्ना मरिनको चर्चा चलिरहेको छ । फिनल्याण्डमा

बग्राम सैन्य शिविर बाहिर विस्फोट : एकको मृत्यु ,५० घाइते

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त पर्वानमा रहेको अमेरिकी र नेटो सैन्य शिविर बाहिर

मोगादिसुको एक होटेलमा आक्रमण, पाँचको मृत्यु

एजेन्सी । सोमालियाको राजधानीमा रहेको एक होटलमा भएको जिहादी आक्रमणमा पाँच व्यक्तिको मृत्यु

दादुरा महामारीको नियन्त्रणमा सघाउन राष्ट्रसंघको आग्रह

काठमाडौं । दक्षिणी प्रशान्त महासागरीय देशहरुमा केही समय यतादेखि फैलिएको दादुराको महामारी विरुद्ध