१६ मंसिर २०७६, सोमबार १४:५५

हिमालको टाकुरामा पुग्न कहिलेकाहीँ ओरालो झर्नुपर्छ : साझा पार्टी


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १४:५५

काठमाडौं । साझा पार्टीले शनिबार भएको उपनिर्वाचनको नतिजालाई आफ्ना कमीकमजोरीको समीक्षा गर्नुपर्ने सन्देशका साथै मुलुकको राजनीतिक धरातलको थप परीक्षणका रूपमा लिएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज एक विज्ञप्तिमार्फत हिमालको टाकुरामा पुग्न उकालो मात्र होइन कहिलेकाहीँ ओरालो ओर्लिनु र अनेक अवरोध पार गर्नुपर्ने उल्लेख गर्नुभएको छ । साथै उहाँले मुलुक रूपान्तरणको राजनीतिक यात्रामा रणनीतिक दृढता र पार्टी निर्माणको परिष्कृत मार्गचित्रका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिकूलता हुँदाहुँदै पनि पार्टीलाई भोट दिएर अगाडि बढ्न आत्मविश्वास प्रदान गर्ने मतदाता र निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई जीवन्त राख्ने सम्पूर्ण जनसमुदायप्रति साझा पार्टीले आभार प्रकट गरेको छ । आफ्ना गल्ती कमजोरीबाट पाठ सिक्दै आउँदा दिनमा मतदाताको मन सँगसँगै मत पनि जितेर नेपाल रूपान्तरणको यात्रामा अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।

साझा पार्टीले छिट्टै ‘साझा भुईंयात्रा’को देशव्यापी राजनीतिक जागरण र नागरिक संवादको अभियानमा लाग्ने तथा पार्टीका विचार, नीति र एजेन्डा जनतासमक्ष प्रस्तुत र छलफल गर्ने विज्ञप्तिमार्फत जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनको परिणाम निराशाजनक छैन : नेता नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको

अब आर्थिक समृद्धिको प्रमुख जग पर्यटन : मन्त्री भट्टराई

काठमाडौं । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको संख्या कम भयोः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त

जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले जिम्मेवारीबाट विमुख हुने अधिकार प्रहरीलाई नभएको बताउनुभएको छ