१६ मंसिर २०७६, सोमबार १२:४४

उपनिर्वाचन : ५२ वटै स्थानको सबै नतिजा (सूचीसहित)


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १२:४४

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत आइसकेको छ । मतपरिणाममा नेकपाले ३० स्थान विजय हासिल गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ । समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने एक प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।

समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगबाट थाहा भएको छ ।

कसले कहाँ जित्यो, कति मत ल्यायो–हेर्नुहोस् सबै विवरण

election-final

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचन : ‘कसैले नजितेको, कसैले नहारेको’

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको मङ्सिर १४ गते सम्पन्न

उपचुनावको रहस्य र यथार्थ !

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति खराब भएकोले आफ्नो चीन भ्रमण स्थगित भएको आशयको वक्तव्य

उपनिर्वाचन : भक्तपुर क्षेत्र नं १ (क) मा साना दल र स्वतन्त्रको जमानत जफत

काठमाडौं । भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा

उपनिर्वाचन : ५२ वटै स्थानको नतिजा सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार