इस्लामावाद संग्रहालयमा राखियो बुद्धको दुर्लभ मूर्ति

काठमाडौँ । पाकिस्तानको इस्लामावाद संग्रहालयमा भगवान बुद्धको एक दुर्लभ मूर्ति राखिएको छ । धेरै वर्षदेखि यस मूर्ति भण्डार गृहमा रहेको थियो । डान पत्रिका अनुसार, तेस्रो अथवा चौंथो शताब्दीको रहेको छ । यस मुर्ती पाकिस्तानको पुरातात्विक विभागले खोजी गरेको थियो ।

यस मूर्ति ६० को दशकमा अनुसन्धान क्रममा भेटाइएको थियो । यसको अन्तिम पटक १९९७ मा संग्रहालयमा राखिएको थियो । इस्लामावाद संग्रहालयका निर्देशक डाक्टर अब्दुल गफूर लोन भने, ” स्वातको ढुङ्गाबाट निर्मित भगवान बुद्धको यस मूर्ति अत्याधिक दुर्लभ रहेको छ । स्वात घाटी मुख्य रुपमा ढुङ्गाको लागि प्रख्यात रहेको छ । उनका अनुसार तक्षशिलाका साथै अफगानिस्तानका क्षेत्रमा भागवान बुद्धको मुर्ति पाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?