उपनिर्वाचन : ५२ वटै स्थानको नतिजा सार्वजनिक

काठमाडौं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा छ । सोबार ११ बजे धरान उपमहानरपालिकाको २ पदको मत परिणाम आएसंगै सबै स्थानको मत गणना सकिएको छ । मतपरिणाममा नेकपाले ३० स्थान विजय हासिल गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस १३ स्थानसहित दोस्रो स्थानमा छ भने समाजवादी पार्टी नेपालले चार स्थानमा विजय प्राप्त गरेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार तीन स्थानमा विजयी भएका छन् भने एक स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।

नेकपाले एक प्रतिनिधिसभा सदस्य, एक प्रदेशसभा सदस्य, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र २३ वडाध्यक्ष पद जितेको छ । कांग्रेसले भने एक प्रदेशसभा सदस्य, एक उपमहानगरपालिका र ११ वडाध्यक्षमा विजय हासिल गरेको हो ।

समाजवादीका उम्मेदवार चार र राजपाका उम्मेदवारले तीन वडाध्यक्षको नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

राष्ट्रिय जनमोर्चाका उम्मेदवारले बागलुङमा प्रदेशसभा सदस्य जितेका छन् भने एक स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा विजय हासिल गरेको निर्वाचन आयोगबाट थाहा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?