पुनः श्रम स्वीकृतिका लागि ई–टोकन सुरु

काठमाडौँ । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टाँै लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा पालो आउने व्यवस्था गरेसँगै सेवाग्राहीलाई घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको हो ।
विभागले आइतबारदेखि विराटनगरबाहेक छवटा श्रम कार्यालयबाट ई–टोकन वा विद्युतीय पालो प्रणाली सुरु गरेको छ । मङ्सिर १ गतेदेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गरेको हो । विराटनगर श्रम कार्यालयको ठाउँ सानुपर्ने भएकाले यो प्रक्रिया एक÷दुई दिन ढिला सुरु हुने विभागले जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत काम सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?