अभिनेता बरुण धवन सुटिङको क्रममा बालबाल बाँचे, कारको ढोकाले बचायो

बलिउड अभिनेता बरुण धवन आफ्नो नयाँ फिल्म कुली नम्बर १ को छायांकनको क्रममा भएको कार दुर्घटनामा कारको ढोकामा अड्किएर बाँचेका छन् ।
यो चलचित्रलाई बरुणका बुबा डेविड धवनले निर्देशन गरिरहेका छन् ।
फिल्ममा कारलाई चट्टाने भिरमा कुदाउनुपर्ने दृश्य दिने क्रममा भीरबाट कार तल खसेको निर्देशक धवनले बताए । सो क्रममा कार भिरमा अड्किँदै गर्दा बरुण कारको सिटमा फसेको दृश्यले निकै डराएको पनि निर्देशक धवनले बताए ।
कार भीरमा अड्केको र ढोका नखुलेका कारण बरुण कारको ढोकामा अड्किएको तथा त्यतिबेला कारको ढोका खुलेको भए बरुण सोझै तल खोँचमा झर्ने र त्यतिबेला जे पनि हुनसक्ने घटना निर्देशक धवनले बताए । यो खबर राजधानी दैनिकमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?