प्रधानमन्त्रीको ८ औँ पटक डायलसिस, यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार आठौँ पटक डायलासिस गरिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रन्सप्लान्स सेन्टरमा गत मंगलबार भर्ना भएयता यो चौथो पटक हो ।
त्यसअघि ग्राण्डी इन्टरनेशनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलसिस गरिएको थियो । प्रधानमन्त्रीलाई सम्भावित संक्रमणको जोखिमबाट जोगाउन अझै आइसीयूमै राखिएको छ । उनको अवस्था सुधारोन्मुख रहेको समाचारमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?