१६ मंसिर २०७६, सोमबार ०६:५१

बागलुङमा जनमोर्चाले आफ्नो किल्ला जोगायो


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार ०६:५१

काठमाडौँ । बागलुङ प्रदेशसभा २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका छन् । यो सँगै जनमोर्चा आफ्नो किल्ला सुरक्षित राख्न सफल भएको छ ।

नेकपाको समर्थनमा उम्मेदवार बनेका जनमोर्चाका खिमबिक्रम शाहीले ११ हजार २३५ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका जीतबहादुर शेरचनले ९ हजार १३८ मत प्राप्त गरे ।

यसैगरी समाजवादी पार्टीका अशोककुमार विकले ३ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका निमबहादुर भण्डारीले ३६, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशबहादुर कुँवरले ३७, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३, संघीय लोकतान्त्रिक राष्ट्रियमञ्चका अनिलकुमार राइले ८, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरल ४५, स्वतन्त्र उम्मेद्वार शेरमान घर्तीले ९५ र सन्तोष भण्डारीले २८ मत प्राप्त गरेका छन् ।

निर्वाचित सांसद टेकबहादुर घर्ती मगरको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस
सागमा सर्वाधिक स्वर्ण विजेता गौरिकाले ५६ लाख पाउने

काठमाडौं । सरकारले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा

भोलीको सार्वजनिक बिदा : १४ जिल्लामा मात्रै

काठमाडौं । प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व,

दराजको ‘अन्तिम भव्य किनमेल मेला १२.१२’ भोलीदेखि, के के छन् सुविधा?

काठमाडौं । नेपालको अनलाइन् खुद्रा बिक्रेता दराजले भव्य मेला आयोजना गर्ने भएको छ

मौसम पूर्वानुमान विभागका अनुसार आजदेखि मौसम बदलिने : भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझबाट उच्च पहाडी तथा हिमाली भेगमा