चुनाव हारेपछि खेमराजको आयो मनछुने प्रतिक्रिया

काठमाडौँ । कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईसँग पराजित भएपछि काँग्रेस उम्मेदवार खेमराज पौडेलले एक मनछुने स्टाटस लेखेका छन् ।
‘सम्झिदिनु एक निष्ठावान मान्छे हारेर पनि हाँस्दै गयो, जुन प्रक्रियाका लागि अर्पित थियो मेरो जीवन’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
उनले अगाडि भनेका छन्, ‘म इमान्दार रहनेछु कास्कीको प्रत्येक मत, अनि देशविदेशका हरेकको मायाप्रति, राजनीति जितेँ, मत जितिनँ तर सायद मन जितेँ कि जस्तो लाग्छ ।
उनले विजयी विद्यालाई राम्रो गर्नु भन्दै बधाइ समेत दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?