काठमाडौं – नेकपाकी उम्मेदवार बिद्या भट्टराई विजय नजिक पुगेकी छन् । उनले ८ वटा वडाको ३७ हजार १ सय मत गणना भइसक्दा २० हजार ७ सय ७९ मत प्राप्त गरेकोले उनको जित निश्चितप्राय छ । उनका निकटतम् प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेलले १२ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
अब वडा नम्बर ४, ७ र ८ को ८ हजार ४ सय ६३ मत गन्न बाकी छ । मतगणना हुन बाकी मत भन्दा बढी मत भटराइले प्राप्त गरिसकेकी छन् ।
यसले पनि उनको जित सुनिश्चित जस्तै छ । नेकपाकी उम्मेदवार भट्टराइको अहिलेको मतान्तरनै ८ हजार ५ सय ३६ मतान्तर छ ।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र अधिकारीले जितेको भन्दा फराकिलो अन्तरमा विद्याले जित्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया