काठमाडौ । प्युठानको ऐरावती गाँउपालिका– १ मा नेकपाका पाण्डे र २ मा बागी उमेदवार घर्ती निर्वाचित भएका छन् । प्युठानको ऐरावती गाउँपालिका वडानम्बर १ को वडाध्यक्षमा नेकपाका द्रोणकुमार पाण्डे निर्वाचित हुनुभएको हो। आइतबार अपरान्ह सकिएको मतगणनामा निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका अमर रेश्मी मगरलाई ९ मतले पछि पार्दै पाण्डे वडाध्यक्ष निर्वाचित हुनुभएको हो ।
पाण्डेले ६८७ मत पाएर जित्दा मगरले ६८७ मत प्राप्त गरेका गर्नुभएको छ। यसअघि पनि सो वडामा तत्कालीन माओवादीले जितेको थियो ।
ऐरावत २ को वडाध्यक्षमा भने नेकपाका बागी उम्मेदवारले जितेका छन् । छडी चुनाव चिन्ह लिएर उठेका नेकपामा स्थानीय नेता हिमेशकुमार घर्तीले ८५५ मत प्राप्त गरेर वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय जनमोर्चाका मोहन विश्वकर्माले ५०४ मत प्राप्त गर्नुभएको छ। यहाँ राजमोलाई केन्द्रबाट नेकपाले समर्थन गर्ने निर्णय गरे पनि स्थानीय कमिटीले अवज्ञा गरेर घर्ती मगरलाई उठाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया