हुम्लाको खर्पुनाथमा नेकपा निर्वाचित

काठमाडौं। हुम्लाको खर्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिवर्चानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) की उम्मेदवार रूपा शाही विजयी हुनुभएको छ।

शाहीले एक हजार चार सय ५४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेपाली कांग्रेसकी उम्मेदवार ताराकुमारी शाहीले एक हजार तीन सय ८५ मत ल्याएनु भएको छ। दुई हजार ८ सय ६९ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?