काठमाडौं । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल निर्वाचित हुँनुभएको छ। भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गर्नुभएको छ । भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए।
२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी हुनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया