बाग्लुङमा केहीबेरपछि मतगणना सुरु हुने

काठमाडौं । बाग्लुङको क्षेत्र नम्बर २ को प्रदेश (ख) को मतगणना केहीबेरमा सुरु गरीने भएको छ ।

जिल्लाका सबै ४३ वटै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याइसकिएको र केहीबेरमा मतगणना गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताउनुभयो ।

अहिले मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । निर्वाचनमा २१ हजार चार सय मत खसेको थियो । यस क्षेत्रमा कुल ३५ हजार एक सय ८४ जना मतदाता छन् । ६३ प्रतिशत मात्रै मत झरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले बताउनुभयो ।

२०७४ को प्रदेशसभा निर्वाचनमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीले विजयी हुनुभएको थियो । कलेजोसम्बन्धी रोगका कारण उहाँको निधन भएपछि यो क्षेत्रमा पुनः चुनाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?