कास्कीमा नेकपाको अग्रता कायमै, ४५ सय मतान्तर विद्या अगाडी

काठमाडौं । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले ४ हजार ५ सय ८३ मतको अग्रता लिनुभएको छ ।

उहाँले पछिल्लो मतगणनाअनुसार आठ हजार २६५ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ६८२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गर्नुभएको छ । पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?