काठमाडौं । खोटाङको साकेला गाउँपालिका–३ खिदिमाको वडाध्यक्षमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार शिवकला राई विजयी भएकी छन् ।
शनिबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार शुक्रबहादुर तामाङलाई १७ मतले पराजित गर्दै शिवकला वडाध्यक्षमा विजयी भएकी हुन् ।
मतगणनाको परिणामअनुसार खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रबहादुरले ३७४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया