प्रचण्डकै क्षेत्रमा नेकपाले हार्यो, तीव वटै वडामा कांग्रेसको क्लिन स्विप

काठमाडौं । प्रचण्डकै क्षेत्रमामा नेकपाले हारेको छ । नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा न. १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल निर्वाचित हनुभएको छ।

उहाँले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराउनुभयो । अमृतराजले ३१८३ मत प्राप्त गर्नुभयो भने भक्तराजले २८७५ मत प्राप्त गर्नुभयो ।

यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी प्लानलसहित विजयी हुनुभएको थियो। उहाँको गत असोजमा क्यान्सर रोग लागेका कारणले निधन भएको थियो ।

त्यस्तै चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का दुवै निर्वाचनमा यसअघि पनि कांग्रेस निर्वाचित भएका थियो। चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ ।

यहाँ वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाउनुभयो । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?