१५ मंसिर २०७६, आईतवार ०८:५६

भाषा परीक्षा उत्तीर्णलाई चाँडो कोरिया लैजान सरकारको आग्रह


प्रकाशित मिति : १५ मंसिर २०७६, आईतवार ०८:५६

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)को भाषा र सीप परीक्षामा नक्कली परीक्षार्थी पनि सहभागी हुने गरेको भन्दै कम्प्युटर प्रणालीमा आधारित परीक्षा सञ्चालन गर्न नेपाललाई आग्रह गरेको छ।

कोरियन मानव संसाधन विकास सेवाका महानिर्देशक किम सुङ जाए नेतृत्वको टोलीले बिहीबार वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसाललाई भेटी नक्कली परीक्षार्थीमाथि कडाइ गर्न ध्यानाकर्षण गराएको हो ।

‘ईपीएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रमध्ये नेपालमा मात्र कम्प्युटरमा आधारित परीक्षा प्रणाली लागू गर्न बाँकी छ,’ किमले भने।

नेपालले भने भाषा परीक्षामा उत्तीर्ण प्रशिक्षार्थीलाई यथाशीघ्र लैजान कोरियाली टोलीसमक्ष आग्रह गरेको छ।
विभागले नेपालस्थित कोरियन संसाधन कार्यालयसँग समन्वय गरी काठमाडौं र पोखरास्थित स्कुलहरूमा परीक्षा सञ्चालन गर्दै आएको छ।

हरेक वर्ष परीक्षार्थी बढ्दै गएकाले परीक्षाका लागि मात्रै कोरियाबाट धेरै जना आउनुपर्ने अवस्था छ। सन् २०१९ का लागि भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागी भएका थिए। त्यसमध्ये भाषा परीक्षामा उत्तीर्ण १२ हजार ९ जना नोभेम्बर २० मा सीप परीक्षामा सहभागी भएका थिए। आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।

प्रतिक्रिया दिनुहोस
विप्लव समूहले खुलेआम चन्दा लिने कार्यलाई तीव्रता दियो

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले व्यवसायी तथा सरकारी निकायसँग चन्दा

अपरिचित युवतीले विदेशबाट भाइबरमा सन्देश पठाउँदा ७ लाख स्वाहा

काठमाडौं – दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले

स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डोनेसियाको कर्मचारी भन्दै जब युवतीले मागिन् हेल्प !

काठमाडौं – दुई वर्षअघि मकवानपुरका राहुल शर्मा (नाम परिवर्तन) लाई एक अपरिचित युवतीले

माधवकुमार नेपालको त्याे पहिलो विदेश यात्रा : बाँचेर फर्कुंला भन्ने आस पनि थिएन 

काठमाडौं – जहाज जसै फिलिपिन्सको राजधानी मनिलाको आकाशमा पुग्यो, ढलमल–ढलमल गर्न थाल्यो । जहाजको