काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि विदेश लाने तयारी भइरहेको छ। १२ वर्षअघि प्रत्यारोपण गरिएको उनको मिर्गाैलाले काम गर्न छाडेपछि अर्को मिर्गाैला प्रत्यारोपण गर्न लागिएको हो । स्रोतका अनुसार प्रत्यरोपणका लागि नजिकका आफन्तहरूको मिर्गाैला परीक्षण भइरहेको छ।
प्रधानमन्त्री ओली नियमित डायलासिसमा छन्। डायलासिसपछि पनि सक्रिय रहँदै आएका प्रधानमन्त्री ओलीलाई गत सोमबार मध्यरातबाट अचानक पेट दुखेपछि मंगलबार बिहान एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्री ओली अझै शिक्षण अस्पताल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। नागरिक दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया