नवलपुरको बौदीकाली गाउँपालिका– ५ मा ७२ प्रतिशतमत खस्यो

काठमाडौं | नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका– ५ मा वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२ दशमलब ०९ प्रतिशत मत खसेको छ ।

आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा कूल ६१५ मत खसेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिनुभयो । तीमध्ये पुरुष २५७ र महिला ३५८ जनाले मतदान गरेका छन् । यस वडामा ८५३ मतदाता रहेका थिए ।

मतदान शान्तिपूर्ण रुपमा उत्साहजक तरिकाले सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

बौदिकाली वडा नं.५ को उदय आधारभूत विद्यालय जौबारीमा मतदान भएको थियो । सबै मतपेटिका गाउँपालिकाको केन्द्र डेढगाउँमा ल्याइसकिएको र सर्वदलीय बैठक बसेर मतगणनाको आचारसंहिता निर्माण गरी आजै साँझ ८ बजेसम्ममा मतगणना प्रारम्भ गरिने मुख्य निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

थोरै मत भएकाले अन्तिम नतिजासमेत रातिनै आइपुग्ने समेत उहाँले बताउनुभयो । यहाँ वडाध्यक्षका लागि तीन जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?