काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत र चीनले नेपाल संगको सम्बन्धलाई २ं१ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टी ब्यक्त गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताउनुभयो । चिन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने बताउनुभयाे । २ जोड १ को अर्थ दुई राष्ट्रसँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफुलाई चित्त नबुझेको बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दहालले नेपालको द्रुततर विकाशमा त्रिदेशीय रणनीति आवश्यक रहेको औल्याउनु भएको छ । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई बिकाश साझेदार रहेको बताउनु भयो । अध्यक्ष दाहलले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताउनु भयो । यस्तै नेपाल भारत र चीन बीचको सम्बन्ध जनस्तर सम्म लान आवश्यक रहेको पनि बताउनु भयो । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रचण्डले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया